Thursday 28 March 2024 / बिहीबार, १५ चैत्र २०८०

युएई, वैदेशिक रोजगारीको क्रममा युएईमा रहेको अवस्थामा स्याङ्जाका डायमन्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगाना Trando Group कम्पनीमा lifeguard को काम गर्दथे । २ वर्ष अगाडि पौडी खेल्ने क्रममा एक सिरियन नागरिक पानीमा डुबेको अवस्थामा उनीहरुले आफ्नो कर्तव्य अनुसार रेस्क्यु गरेका थिए ।

उपचारको लामो सिलसिलामा निज सिरियन नागरिकको ७ वटा अंगले काम गर्न छाडेपछि निज सिरियन परिवारले ती दुई नेपाली कामदारलाई अबुधाबी अदालतमा मुद्दा हालेको थियो । अदालतले सम्बन्धित कम्पनीलाई क्षतिपूर्ति दिलाउनु पर्नेमा निर्दोष नेपाली कामदारलाई दोषी देखाएर जनही १४/१४ लाख युएई दिराम जरिवाना तोकेको छ । यो जरिवानाको नेपाली मुल्य करिब नौ करोड रुपैयाँ हुन आउँछ ।

सो मुद्दाको कारण ती दुई जनाको काम विहिन भएका छन् । कम्पनीले बस्न आवास त दिएको छ तर खानका लागि कहिले एनआरएनए त कहिले दयालु मानिसहरुको भर पर्नुपरेको अवस्था छ ।

अत्यधिक ठुलो रकम जरिवाना परेका कारण ती दुई नेपालीहरुको जीवन अन्योलमा परेको छ । चरम निराशा र सहयोग पाउनुपर्ने निकायबाट आश्वासनमात्रै पाएका कारण ती दुई नेपाली युवाले कुनै कठोर निर्णय नलेलान भन्न सकिन्न ।

कसैले दया गरेर दिएको खानेकुरा खाएर र कहिले आधा पेट खब्बुस खाएर बाचिरहेको उनीहरु बताउँछन् ।
युएईस्थित नेपाली दूतावास र एनआरएनएआइसीसी अन्य सामाजिक संस्थालाई गुहारिरहेका छन् । सजाय माफीको लागि अपिल पनि गरिनै रहेका छन् । अदालतले तोकेको १४/१४ लाख दिराम जरिवाना निजहरुले कुनै हालतमा तिर्न सक्ने अवस्था छैन । त्यो रकम तिर्न सक्ने आर्थिक हैसियत पीडित नेपाली दाजुभाइहरुको नेपालमै पनि छैन ।

यो दयनीय अवस्थालाई दीर्घकालीन रूपमा समस्या समाधानको लागि नेपाल सरकार, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, कल्याणकारी कोस, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वय समिति, पिपुल्स फोरम, युएईमा रहेका सामाजिक संस्था, अन्तर्राष्ट्रिय संघसंस्थाहरु, रास्तिय/अन्तर्राष्ट्रिय समाचार संस्था, मानव अधिकार संगठन, श्रम संगठन, सहयोगी र मनकारी संस्था/व्याक्तिहरु र नेपालका मुलधारका संचार माध्यमहरु समक्ष ध्यानाकर्षण गराउदै आवस्यक सबै समन्वय र सहजीकरण गरिदिनुहुन पीडित नेपाली दाजुभाइले अनुरोध अनुरोध गरेका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय