अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वृहत् भेला कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठानमा सम्पन्न भएको छ ।
नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधनको क्रममा केपी ओलीले पार्टीलाई भर्याङ मात्र बनाए भनेर टिप्पणी गरेका थिए, पार्टीलाई टेर्दै टेर्नु भएन, तानाशाह प्रवृतिले अगाडि बढ्नु भयो भनेर खनालले ओली माथी आरोप लगाएका थिए, अब केपी ओली हाम्रो कमरेड रहेन्न भनेर कार्यक्रममा भनेका थिए, र जाँदाजाँदै “समृद्ध नेपाल, सुखी नेपाली” ओलीको होईन मेरो नारा हो भनेर भनेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपाका स्थायी कमिटीका सदस्य भिम रावल, नेकपा स्थायी कमिटीका सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अनेरास्ववियुका पुर्व अध्यक्ष हितमान शाक्य, र अनेरास्ववियुका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन अनेरास्ववियुका पुर्व अध्यक्ष हितमान शाक्य, नेकपा स्थायी कमीका सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा स्थायी कमिटीका सदस्य तथा पुर्व गृहमन्त्री भिम रावल, नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले गरेका थिए ।
कार्यक्रममा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ओलीको विगतका भुलका बारेमा चर्चा गरेका थिए, ओली को संसद विघटनको कदम अलोकतान्त्रिक भन्दै आलोचना गरेका थिए ।
त्यसैगरी नेकपा स्थायी कमिटीका सदस्य तथा पुर्व गृहमन्त्री भिम रावलले ओलीको चिठा नै खोलेका थिए र ओलीलाई एक नम्बरको भगुवा समेत भनेका थिए । साथै ओलीलाई कुन नैतिकताका साथ अझै प्रधानमन्त्री पदमा बस्नुभएको छ भन्ने कडा प्रश्न समेत गरेका थिए ।
त्यसैगरी अन्त्यमा प्रमुख अतिथि/ वक्ता भएर आएका प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा प्रचण्डले हाम्रो संविधान माथी बडो निर्मम प्रकारले छुरा प्रहार भएको छ, केपी ओली संसद विघटन गरेर कमेडी गर्दै हिड्नु भएको छ भनेर आरोप लगाएका थिए । सम्बोधनको क्रममा प्रचण्डले हाम्रो आन्दोलन अलिक आक्रमक, अलिक जोडदार रूपमा आउन अनेरास्ववियुको विद्यार्थीहरुलाई हौसला दिएका थिए । कार्यक्रम बिच उनले अबको आन्दोलनमा मलाई टाउकोमा लठ्ठी खाने मन छ भनेर भनेका थिए । लोकतान्त्रिक प्रणालीको विध्वंस गरियो, र आउने कार्यक्रमको नेतृत्व कडा रूपमा गरौँ भनेर आफ्नो मन्तव्य समाप्त गरेका थिए ।