Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

प्रस्तुत तस्वीरहरु मिस नेपाल वर्ल्ड २०२० विजेता नम्रता श्रेष्ठका हालै सार्वजनिक भएका तस्वीरहरु हुन् । फेसन फोटोग्राफर अमृत बज्राचार्यको लेन्समा कैद भएका यी तस्वीरहरुमा मिस नेपाल वर्ल्ड नम्रता फेसन डिजाइनर मनिश राईले तयार पारेका पहिरनमा सजिएकी छिन् । उनको सुन्दरतामा आर.बी. डायमण्ड ज्वेलर्सका गरगहनाले थप निखार ल्याएको देख्न सकिन्छ । उनको सुन्दरतालाई थप आकर्षक बनाउनमा मेकअप आर्टिष्टद्वय सोफी सुनुवार र इन्दिरा महर्जनको मिहेनत परेको छ । काठमाडौं निवासी २३ वर्षिया नम्रताले गत मंसीर २० गते अर्थात् डिसेम्बर ५ तारिख शनिबार बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न मिस नेपाल २०२०को ग्राण्ड फिनालेमा शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । प्रतियोगितामा उनले मिस इन्टिलेक्चुयल र मिस कन्फिडेन्टको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् ।
तस्वीर श्रोत, फोटोग्राफर अमृत बज्राचार्यको फेसबुक पेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय