Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

जेम्स वेब टेलिस्कोपले दुई हप्ता लामो तैनाथ गर्ने चरण पूरा गर्दै यसको विशाल, सुनौलो रंग र फूल आकारको ऐनालाई उजागर गरेको छ । वैज्ञानिकहरूले यस टेलिस्कोपको मद्दतले ब्रह्माण्डको इतिहासलाई अध्ययन गर्ने तयारी गरेका छन् ।

टेलिस्कोपमा ६.४ मिटरको ऐनाको अन्तिम भाग तैनाथ भएको जानकारी नासाले दिएसँगै मेरिल्याण्डको बाल्टिमोरमा रहेको स्पेस टेलिस्कोप साइन्स इन्सिटिच्युटका इन्जिनियरहरूले खुसीयाली मनाएका थिए ।

म निकै भावुक भइरहेको छ, यो अद्भुत कोशेढुंगा हो, नासाका वरिष्ठ इन्जिनियर थोमस जुरबुचेनले भने १० अर्ब डलरमा तयार गरिएको वेब टेलिस्कोप हबल स्पेस टेलिस्कोपभन्दा पनि शक्तिशाली रहेको छ ।

यसले १३.७ अर्ब वर्ष पहिले बनेका पहिलो तारा र आकाशगङ्गाहरूको बारेमा अध्ययन गर्न त्यतिबेला उत्सर्जित प्रकाशको स्क्यानिङ गर्नेछ । यसलाई हासिल गर्न नासाले वेबमा ठुलो र संवेदनशील ऐना राखिएको छ ।

यसलाई वैज्ञानिकहरूले यसको नाम गोल्डन आई (सुनौलो आँखा) राखेका छन् । ऐनालाई रकेटमा अटाउन नसकिने हुँदा यसलाई फोल्ड गरेर अन्तरिक्षमा पुर्‍याइएको थियो । अन्तरिक्षमा पुगेपछि त्यसलाई पुनः खोलिएको थियो । नासाले यो प्रक्रिया निकै जटिल र अहिलेसम्मकै चुनौतीपूर्ण काम भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय