Friday 27 January 2023 / शनिबार, १४ माघ २०७९

बिहीबार कतारको राजधानी दोहामा भएको साधारण सभाले खत्रीलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो ।खत्रीको अध्यक्षतामा १८ सदस्य समिति समेत सर्व सम्मत चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा ओमराज गुरुङ र उपाध्यक्षद्वय बिमल न्यैपाने र जुम्मदीन मिया ‘करिम’ चयन भएको समाजले जनाएको छ ।त्यस्तै गरी साधारण सभाले महासचिबमा बिकास श्रेष्ठ, सचिबद्वयमा गोकर्ण भट्टराई र अर्जून संग्रौलालाई चयन गरेको छ । सभाले कोषाध्यक्षमा सुजन धिताल, सह कोषाध्यक्ष जानु थापा मगर चयन गरेको जनाएको छ ।
हिजो भएको सभाले गोरखा नगरपालिका संयोजकमा हरी अर्याल, पालुङटार नगरपालिकाको संयोजकमा बिजय अधिकारी र सिरान्चोक गाउंपालिका संयोजकमा सुर्य गुरुङलाई चयन गरेको हो । उता बारपाक सुलिकोट गाउँपालिकाको संयोजकमा पुर्ण गुरुङ, आरूघाट गाउंपालिका संयोजकमा सिसिर गुरुङ, अजीरकोट गाउंपालिका संयोजकमा प्रेम गुरुङ, र सदस्यज्यूहरूमा राजाराम साही, नारायण पोख्रेल र हारून रसिद मियाँलाई चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय