ह्वाट्सएपको नयाँ नीति लागू भएसँगै प्रयोगकर्ताका डाटाहरु फेसबुकसँग साझेदारी गरिने भनिएसँगै लाखौँ प्रयोगकर्ताहरु ह्वाट्सएपबाट बाहिरिन थालेको खबर सार्वजनिक भैरहेको छ । ह्वाट्सएपको नयाँ गोपनीयता नीतिलाई लिएर मानिसहरुले यसको आलोचनासमेत गरिरहेका छन् ।
यिनै आलोचनाहरुको बीचमा ह्वाट्सएपले आफ्नो नयाँ प्राइभेसी नीतिका विषयमा सफाइ पेस गरेको छ ।
जनवरी १७ आइतबारको बिहान जब प्रयोगकर्ताहरुले आफ्नो डिभाइसमा ह्वाट्सएप चलाउन सुरु गरे तब स्टाटस सेगमेन्टमा ह्वाट्सएपको एक स्टाटस देखा पर्यो । जसमा प्राइभेसी नीतिका विषयमा उल्लेख गरिएको छ । त्यसमा ह्वाट्सएपले आफू प्रयोगकर्ताको प्राइभेसीका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
एजेन्सी


