Wednesday 23 September 2026 / बुधबार, ७ आश्विन २०८३

काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौंलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

योजना अनुसार पोखराबाट कम्पनीले भारतको विभिन्न गन्तव्यहरुमध्ये सुरुवातमा नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

पोखराबाट धौलागिरिदेखि सगरमाथासम्म हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य सहरहरुसँग आवश्यकता अनुसार दैनिक सिधा उडान गर्ने समेत घोषणा कम्पनीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय