Tuesday 17 November 2026 / मंगलवार, २ मंसिर २०८३

काठमाडौँ,
राष्ट्रिय फोटो पत्रकार समुहका पुर्व सचिव काठमाडौँको वनस्थली निवासी फोटोग्राफर किशोर श्रेष्ठको फोटो ‘सोनी विश्व फोटोग्राफी अवार्ड’को उत्कृष्ट १५ मा पर्न सफल भएको छ ।

विश्वभर संकलन गरिएका एक लाख ७३ हजार फोटो मध्यमा टप १५ मा उहाँको फोटो छनोट भएको छ ।

यद्यपि अन्तिम फाइनमा भने बंगलादेशका फोटोग्रोफरले उक्त अवार्ड हाता पारे पनि यसरी उत्कृष्ट १५ मा छानिनु ठुलो उपलब्धी भएको फोटोग्राफर श्रेष्ठ बताउनुहुन्छ ।

वल्ड फोटोग्राफी अर्गनाइजेसन वेलायतले हरेक वर्ष विश्वभरका फोटोमध्यबाट उत्कृष्टलाई अवार्ड दिने गरेको छ । सोही सिलसिलामा सन् २०२१ कोे उक्त प्रतियोगितामा श्रेष्ठले खिचेको फोटो दैनिक जनजीवन विधामा छनोट भएको थियो ।

उहाँले खिचेको तस्वीरमा ग्रामिण क्षेत्रमा एक थुन्से बोकेकी किशोरी हातमा हँसिया लिएर हिड्दै गरेको देखिन्छ । उहाँले वरिपरि सयपत्री फुल र प्राकृतिक छटाको पृष्टभूमिमा ती किशोरीको सुन्दर तस्वीर लिनुभएको छ । तस्वीर भने इचंगुनारायण क्षेत्रको भएको श्रेष्ठले बताउनुभयो ।

उक्त अवार्डका लागि गत वर्षको जुनमा तस्वीर उपलब्ध गराउन आव्हान गरिएको थियो । यही १६ तारिकमा अवार्ड घोषणा भइसकेको र आउँदो अप्रिल १२ मा उक्त अवार्ड वितरण गरिने श्रेष्ठले सुनाउनुभयो । उहाँका अनुसार बंगलादेशका उत्सव अहमद अकासले अवार्ड प्राप्त गर्नुभएको छ ।

यसरी उत्कृष्ट १५ मा छनोट भएको श्रेष्ठको फोटो आयोजक उक्त अर्गनाइजेशनको फोटो प्रदर्शनीमा सहभागि हुने, ग्लालरीमा रहने र फोटो अफ द इयरको बुकमा समेत समावेश हुने जनाइएको छ ।

श्रेष्ठ विगत २५ वर्षदेखि नेपालमा फोटोग्राफी गर्दै आउनुभएको छ । ‘यसरी विश्व प्रतिष्पर्धामा छनोट हुनु सामान्य कुरा होइन, विजेता जस्तै महसुस भएको छ‘, श्रेष्ठले भन्नुभयो, ‘नेपाली फोटोग्राफर त्यो तहमा पुग्नु नै ठुलो हो जस्तो लागेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय