काठमाडौँ, १७ चैत
काठमाडौँ फोटोग्राफर संघको आयोजनामा महिला फोटोग्राफरका लागि एक दिने निशुल्क फोटोग्राफी कार्यशाला आज काठमाडौँमा सम्पन्न भएको छ ।
उक्त कार्यशालाका संयोजक आनन्द प्रभाकर घिमिरेका अनुसार कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका फोटोग्राफरहरुको उल्लेख्य सहभागिता थियो ।
संघका अध्यक्ष डिगम्बर राजबंशीले प्रशिक्षण दिनुभएको कार्यक्रम सञ्चालक हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।



