काठमाडौं , काठमाडौं, सृजना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रमहरु मध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शो भव्य रुपमा सम्पन्न भएको छ ।
१६औं संस्करणको रुपमा प्रस्तुत गरिएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘अद्धितिय प्रतिविम्ब’ शीर्षकमा विद्याथीहरुको फेशन कलाको अनुभव गर्न पाइएको थियो । काठमाडौंको होटल सोल्टीमा आयोजना गरिएको उक्त सोमा साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए ।
नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त कार्यक्रममा ११ वटा विभिन्न अवधारणाबाट प्रेरित ८२ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएको थियो ।
ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ८२ जना नै थिए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई ¥याम्पमा देख्न पाइएको थियो ।
२३ जना युवती मोडलहरु र ८ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न भएकोे उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए । करिब तीन घण्टासम्मको अद्धितिय प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडीजबाट प्रेरित शैलीहरु, पिसेस् अफ ड्रिम, टाइम स्टे«टममा केन्दि«त पहिरनहरु देख्न पाइएको थियो ।
यसैगरी बोटविरुवा र तीसंग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद«ी जीवनको शैली, घृणा र प्रेमसित जोडिएको मनोभावहरु, राशिबाट प्रभावित स्वरुपहरु, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा फेशन डिजाइन वन्ने सपना वोकेका नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा उत्त डे«स निमार्ण गरेका थिए ।



































तस्विरहरुः प्रदीपराज वन्त


