Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एशियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको छ ।वातावरणीय परिवर्तन एक विश्वव्यापी प्रमुख समस्या भइरहेका बेला सुरु गरिएको अनुसन्धानले सो विषयमा प्राकृतिक र सामाजिक विज्ञानको एकीकृत अवधारणा संश्लेषण गरेर नीतिगत ज्ञान र सुझाव तयार गर्ने विभागका प्रमुख प्रा डा प्रेमसागर चापागाईँले जानकारी दिनुभयो ।

चीनको गैरनाफामूलक संस्था एलायन्स अफ इन्टरनेशनल साइन्स अर्गनाइजेशन (आन्सो)को सहयोगमा तीन वर्ष लगाएर गरिने अध्ययनका सम्बन्धमा जानकारी दिन विश्वविद्यालयमा आयोजित छलफल कार्यक्रममा उपकुलपति डा धर्मकान्त बाँस्कोटाले अनुसन्धानमा आधारित अध्यापनका लागि यो अध्ययन महत्वपूर्ण र नमूना हुने बताउनुभयो ।

राष्ट्यि योजना आयोगका पूर्वउपाध्यक्ष डा पिताम्बर शर्मा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा भीमप्रसाद सुवेदीलगायतले अनुसन्धान परियोजनाका लागि सुझाव दिनुभएको थियो ।जलवायु परिवर्तनले हिमाली मुलुकमा पारिस्थिक प्रणाली, मानव जीवन र जीवनयापनलाई बढी असर पारिरहेको छ भने जटिल भूबनोट र जैविक विविधतायुक्त नेपालमा यस्तो जोखिम बढी हुन सक्ने देखाइएको छ । पृथ्वीको तापक्रम बढ्नुमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर नेपालले पनि भोग्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय