सिन्धुपाल्चोक, लियो क्लब अफ काठमाडौ,गोङ्गबु द्वारा लिसङ्खु पाखर गाउँ पालिका- ६ पेट्कु स्थित श्रीदेवि माध्यमिक बिद्यालयलाई ६० थान स्विटर लगायत अन्य शैक्षिक सामाग्री हस्तान्तरण ।
बिद्यालयको अवस्थालाइ मध्य नजर गर्दै बिद्यार्थीहरुलाइ अत्यन्तै आवश्यक शैक्षिक सामाग्रीहरु बिद्यार्थी हरुलाइ हस्तान्तरण गरिएको छ।
स्थानीय समाजसेवी सुरज खड्काको संयोजनमा यो कार्यक्रम सम्पन्न भएको छ। सो क्लबले भोलिका दिनमा पनि बिद्यार्थीको लागि सहयोगको कार्यक्रम गर्ने जानकारी क्लबका अध्यक्ष श्री एन्जल पाण्डे ले जानकारी दिनु भयो ।


