Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतमा रहेको प्रचण्ड–माधव समूहले अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी थालेको छ । सो समुहले केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्ष पदबाट हटाइसकेको छ । उनको स्थानमा माधव नेपाललाई चयन गरी सकेको छ ।

ओलीलाई सो समूहले स्पष्टीकरण सोधेको थियो । ओलीले स्पस्टीकरणको जवाफ नदिएपछि उनलाई पार्टीबाट हटाउन लागिएको छ ।

उनलाई पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएको थियो । नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ ।

आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्ने बताइएको छ । नेकपा प्रचण्ड–माधव समूहले पार्टीका आधिकारिकता दाबी गर्दै ७० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरूका नामावली निर्वाचन आयागमा बुझाइसकेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय