Saturday 22 August 2026 / आईतवार, ७ भाद्र २०८३

काठमाडौँ,

प्रेस काउन्सिल नेपालले आज जनता टाइम्स अनलाइनका अध्यक्ष गणेश बस्नेतसहित सात वटा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले पत्रकारले सामाजिक सञ्जालमा राखिएको सामग्रीबाट पत्रकार आचारसंहिता–२०७३, ९पहिलो संशोधन, २०७६० को दफा १४ र निर्वाचनआचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को ९च० प्रतिकूल भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ को खण्ड (च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको छ ।

काउन्सिलले सोही आधारमा ध्यानाकर्षण गराएको हो । पत्रकार आचारसंहितामा व्यवस्था भएबमोजिम पत्रकार एवं सञ्चार माध्यमले प्रयोग गर्ने (सञ्चालन गर्ने) सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गरी ती पत्रकारलाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय