Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा लस एञ्जलसमा निधन भएको छ । सिएनएनमा लामो समय टक शो चलाएका किङको अमेरिकी समय अनुसार शनिबार बिहान निधन भएको उनका छोरा चान्सलाई उधृत गर्दै सिएनएनले जनाएको छ । ६ दशक लामो पत्रकारिताको यात्रामा उनले पत्रपत्रिका, रेडियो र टेलिभिजनमा काम गरेका थिए । उनले सिएनएनमा २५ वर्षसम्म ‘ल्यारी किङ लाइभ’ नामक चर्चित अन्तर्वार्ता कार्यक्रम संचालन गरेका थिए ।
५० हजारभन्दा बढी अन्तर्वार्ता लिइसकेका उनले आफ्नो शोमा राष्ट्रपतिका उम्मेदवारदेखि धनाढ्य व्यापारी, चर्चित सेलिब्रेटी लगायतकाहरु सित अन्तर्वार्ता लिएका थिए । उनको चर्चित शोमा अतिथि बनेकाहरुमा दलाई लामा, एलिजाबेथ टेलर, मिखाइल गोर्बाचोभ, बाराक ओबामा, बिल गेट्स, बिल क्लीन्टन, लेडी गागा लगायत विख्यात हस्तीहरु छन् । उनले सन् २०१० मा उक्त शोबाट बिदा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय