Monday 5 October 2026 / सोमबार, १९ आश्विन २०८३

अमेरिका,गैरआवासीय नेपाली संघ ओहायो च्याप्टर द्वारा अमेरिकाको ओहायो राज्य स्थित बल्याकलिक उड्स मेट्रो पार्कमा जुन(५, २०२२ मा पहिलो पटक वनभोज तथा नेपाली सस्कृति झल्कने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

यस कार्यक्रममा ओहायोका विभिन्न शहरबाट विभिन्न संघसंस्थामा आबद्ध नेपाली र नेपाली भाषिहरूको उल्लेख्य उपस्थिति थियो। उक्त कार्यक्रमको संयोजन कमिटीका सबै सदस्यहरूको सहयोग र अध्यक्ष मोहन न्यौपानेको निर्देशनमा च्याप्टरका कोषाध्यक्ष होता राम विश्वकर्मा र सह( सचिब लोकेन्द्र प्रशाद देबकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन कोषाध्यक्ष स्वयम आफैले गर्नुभएको थियो ।

कार्यक्रममा च्याप्टरका उपाध्यक्ष अबिचन्द्र दहालले स्वागत मन्तब्य राख्नुभएको थियो भने ल्च्ल्ब् ग्क्ब् ल्ऋऋ का उपाध्यक्ष श्री गोपेन्द्र भट्टराईले ल्च्ल्ब् ग्क्ब् ल्ऋऋ को महत्व तथा भईरहेका गतिविधिको बारेमा प्रष्ट पार्नु भएको थियो। कार्यक्रमलाई सफल पार्नको निम्ति च्याप्टरका युवासंयोजक तथा लक्ष्मी ज्वयलर्सका मालिक श्री भिषन अधिकारीले बिशेश भुमिका खेल्नुभएको थियो ।

आर्थिक संयोजनमा च्याप्टरका सदस्य डिल्ली केरूङ र सचिव रिद्दि खड्का खट्नुभएको थियो भने अन्य सहयोगीकोरूपमा च्याप्टर महिला संयोजक बिनिता आचार्य , सदस्य हरिहर दहाल र अन्य संगठनका शुभचिन्तकहरू क्रमसस् , सन्तोषी खड्का, निर्मला लुईटेल, देबका कडेल, एलिशा ढकाल र सागर चापागाईंले महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियो।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको निम्ति आरति शर्मा र अनुष्का शर्माले नृत्य प्रस्तुत गर्नुभएको थियो भने स्थानीय गायक हस्त देवले गित प्रस्तुत गर्नुभएको थियो। साथै भाई अनुज दहाल र बहिनी ओएसिस न्यौपानेले विशेषगरी बच्चाहरूलाई केन्द्रित गरि बिभिन्न खेल खेलाउनु भएको थियो। कार्यक्रममा ड्रर्यागन एक्सप्रेस किचेनले स्वादिष्ट भोजन उपलब्ध गराई सहयोग गरेको थियो भने, संगठनका शुभचिन्तक श्री बिक्रम तामाङले फोटोग्राफर गरि सहयोग गर्नुभएको थियो।

अन्त्यमा च्याप्टरका अध्यक्ष श्री मोहन न्यौपानेले नृत्य र गायनमा भाग लिने र खेल संयोजन गर्ने सबैलाई पुरस्कार बितरन गर्नुभएको थियो भने सचिब रिद्दि खड्काले आफ्नो मन्तब्य राख्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय