Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ ।

विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।

सर्वोच्च अदालतमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ ।

अदालतले उनीहरूलाई सात दिनभित्र लिखित जवाफसहित आाफैँ उपस्थित हुन आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय