Friday 3 February 2023 / शनिबार, २१ माघ २०७९

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ । गत ८ वैशाखका लागि तोकिए पनि कोरोना महामारीका कारण स्थगित भएको परीक्षा गत ९ मंसिरदेखि १६ सम्म सञ्चालन भएको थियो । उक्त परीक्षामा सामेल हुन नसकेका विद्यार्थीका लागि परीक्षा गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय