Sunday 6 October 2024 / आईतवार, २० आश्विन २०८१

काठमाडाै को वसुन्धारास्थित साउथ वेस्टर्न स्कुलले अर्को अन्तर्राष्ट्रियस्तरको स्कुल अवार्ड जितेको छ । ‘प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड स्कुलले प्राप्त गरेको हो ।
शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रिय केन्द्र’ (इनसिड) र ‘कला, संस्कृति र शिक्षाको स्थिरताका लागि समाज’ (स्पेस) को संयुक्त आयोजनामा भारतको नयाँ दिल्लीबाट भर्चुअल रूपमा सञ्चालित ‘अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको थियो ।
उक्त ‘अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेसिया, साउदी अरेबिया, मेक्सिको, थाइल्यान्ड लगायत ५० भन्दा बढी देशका २ सय ५० भन्दा बढी संस्था तथा व्यक्तिहरूको सहभागिता थियो ।

‘पोस्ट कोभिड परिदृश्यमा जीवन र आजीविकाका लागि समग्र शिक्षा– अगाडिको बाटो’ विषयक उक्त सम्मेलनमा ‘योग्य सम्पन्न शैक्षिक संघ÷संस्थाहरूका लागि विशिष्ट पुरस्कार’ भन्ने नाराका साथ विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा साउथ वेस्टर्न स्कुलको तर्फबाट स्कुलका प्रिन्सिपल रमेश अधिकारी सहभागी थिए ।

एक वर्षको अवधिमा विद्यालयले प्राप्त गरेको यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । यसअघि विद्यालयले २०१९ को डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तर्राष्टिय स्कुल अवार्डअन्तर्गत साउथवेस्टर्न स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय