Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

८ साउन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित ‘ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन’ कार्यक्रममा उहाँले पत्रकारिता आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्ने धारणा राख्नुभयो ।

“सबैभन्दा ठूलो कुरो विश्वास आर्जित गर्ने पत्रकारको अहिले आवश्यक छ । हिजोका दिनमा एक किसिमको भूमिका नेपाली पत्रकारहरुको थियो ।

लोकतन्त्रको स्थापना भइसकेपछि अब हामीलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको आवश्यकता छ, त्यतातर्फ आजको दिनले हामी सबैलाई अग्रसर हुन प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय