काठमाडौं –
नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ तर ठाँउठाँउमा कार्यकर्ताहरुले सवारिसाधनलाई अवरुध गरेका छन् । । नेपाल प्रहरीले स्कर्टिङ गरेर केही सार्वजनिक सवारीलाई बाहिर पठाएको छ ।


उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सोही अनुरुप काठमाडौंबाट प्रहरीले ७६ र भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । उनीहरुलाई उपत्यकाका विभिन्न ठाउँमा रहेको प्रहरी कार्यालयमा राखिएको छ ।



प्रदर्शनकारीले ठाउँठाउँमा सवारीसाधनमा तोडफोडसमेत गरेका छन् ।
फोटो: आदित्य नेपाल/ यस नेपाली


