Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौँ,
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा ललितपुरमा क्रियाशील पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा आज जिल्लामा क्रियाशील एक सय ६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्षेत्रमा खटिनुपर्ने पत्रकारलाई सरकारले चलाएको अभियानमा सहभागी गराइएको न्यौपानेले बताउनुभयो ।

“जिल्लामा आबद्ध पत्रकार कार्यक्षेत्रमा व्यस्त हुनुपर्दा घन्टौँ लाइनमा बस्न सम्भव थिएन”, न्यौपानेले भन्नुभयो, “राज्यको अभियानमा पत्रकार सहभागी भएर आम नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन उत्प्रेरित गर्ने योजनाले महासङ्घले समन्वय गरेको हो ।”

सरकारको अभियानमा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र ब्यस्ततालाई हेक्का राखेर राष्ट्रिय परिचयपत्र बनाउन साथ दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय