Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

२५ साउन,
समाजवादी प्रेस सङ्गठनको सचिवालय बैठकले यही साउन २८ र २९ गते मधेस प्रदेशको अधिवेशन जनकपुरमा गर्ने निर्णय गरेको छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षता तथा सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा आज बसेको बैठकले बागमती र लुम्बिनीको प्रदेश अधिवेशन भदौ दोस्रो साताभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुखसमेत रहनुभएका सङ्गठनका इन्चार्ज खतिवडाले सङ्गठनको विधानअनुसार निर्धारित समयमा सबै जिल्ला, प्रदेश तथा सङ्गठनको समेत महाधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभयो ।

उपाध्यक्ष शन्तराम बिडारीका अनुसार मधेस प्रदेशको अधिवेशनको उद्घाटन नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले गर्नुहुने छ । मधेस प्रदेशका आठ जिल्लाका अध्यक्ष, सचिव, प्रतिनिधिलगायतको सहभागिता रहने अधिवेशनमा करिब १५० पत्रकारको सहभागिता रहने छ ।

उक्त अधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचनका साथै नवनिर्वाचित कार्यसमितिलाई प्रशिक्षणसमेत दिइने महासचिव भूूपराज खडकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय