Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं, विसं २०३३ सालमा जन्मिएका काठमाडौँको टोखा नगरपालिका २ का देवराज डंगोल जनताको दुखःसुखमा भिज्न औधी रमाउँछन् ।

स्थानीय सरस्वती माविमा पढ्नु भएका देवराज २०४६ सालको आन्दोलनमा ससख्त रुपमा लाग्नुभएको थियो । दुइ दशक नेपाल मजदुर किसान पार्टीमा पनि सक्रिय हुनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको प्रभावले उहाँलाई राजनीतिमा होमिन प्रेरणा दियो । भने राजनैतिक गुरुको रपमा नारायणमान विजुक्छेलाई लिनु हुन्छ ।

विसं २०५०÷५१ तिर युवा सङ्घमा सक्रिय भएर लागे । उनी महाकाली सन्धीको विषममा भएको आन्दोलनमा लाठी खाँदै जेलमा समेत पुगे । उनी विसं २०५४ सालमा नेपाल मजदुर किसानको तर्फवाट तत्कालिन गाविसको वडाध्यक्षमा १४९ मत बढी ल्याएर जितेको अनुभव सुनाउँछन् । जीवनमा जागिर वा बाहिर गएर कमाएका छैनन् । मात्रै राजनीति र समाजसेवामा समर्पित छन् डंगोल ।

विसं २०६४ सालमा उनी काठमाडौँ क्षेत्र नं २ मा सांसदमा उठेर हारे । त्यो बेला माधवकुमार नेपाललाई पराजित गर्दै झक्कुप्रसाद सुवेदीले जितेका थिए ।

हारे पनि टोखाका लागि केही गर्नुपर्छ भनेर उनी निरन्तर लागि रहे । उपत्यका विकास प्राधिकरण र पुरातत्व विभागबाट धेरै बजेट ल्याएर विकास गरेका छन् डंगोलले । उनको स्कुल, स्वास्थ्य चौकी व्यवस्थापन, एम्बुलेन्स ल्याउने कुरामा ठुलो योगदान छ । उनी त्यहाँको समाज परिवर्तनमा गर्न आफूले धेरै भूमिका खेलेको सुनाउँछन् ।

यसपालीको स्थानीय तहको चुनावमा गठबन्धनका कारण चुनाव असफल भएको सुनाउँदै उनले स्वतन्त्राट उठेको भए जित्ने बताए ।

निरन्तर समाजसेवामा लाग्ने सोच उनको छ । जनतासँग मिलेर टोखामा ३२ फिटे बाटो बनाउन सफल भएका छन् । उनी नेवा गुठीको पूर्व अध्यक्ष र अहिले आर्थिक सल्लाहकार छन् भने सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष छन् । सांस्कृतिक सम्पदा नेवा गुथी पूजा समितिको कोषाध्यक्ष पनि छन् ।

दुई छोरी र एक छोराका बाबु डंगोलकी एक छोरी खुसी क्रिकेट खेलाडी छिन् । अर्की छोरी विविए पढ्दै छिन् । नौ कक्षामा पढ्ने छोरा बाजाका पारखी छन् ।

उनलाई आफ्नो मोटरसाइकल नै एम्बुलेन्स बनाएर धेरैको ज्यान जोगाएको अनुभव छ । कोरोना कालमा पनि स्थानीयलाई ठुलो योगदान गरेका छन् । कोही विरामी भयो भने शुरुमा उहाँकोमा सहयोगका लागि खबर आइपुग्छ ।

त्यसैले डंगोल राजनीतिसँगै समाजसेवामा खुब रमाउँछन् । जनताको सेवक हुँ भन्न रुचाउने देवराजले टोखामा थुप्रै समाजसेवा गरेर स्थानीयको मन जितेका छन् ।

जनताको सुख दुःखमा साथ दिँदै उनले टोखामा मठ–मन्दिरको रचनात्मक र प्रभावकारी ढङ्गले विकास गरेर चर्चा कमाएका छन् । उनी भन्छन्, “म एक मन्दिरको पुजारी हुँ, मलाई झुटो र पाप कर्म गर्न आउँदैन, दुःख र मेहनत गर्ने मानवताका पुजारी हुँ ।”

उनको नेतृत्वमा गरेको काम सबैका लागि विवादरहित हुनेगर्छ । उनी नहुने र हुन नसक्ने कुराको खुलेर जानकारी दिन्छन् र प्रतिवाद पनि गर्छन् । जनताको समस्या समाधानमा डटेर लाग्छन् ।

जनताका विकासका काम भनेपछि ढोका ढुकेरै भए पनि बजेट निकासा गरेरै छाड्छन् । देवराजको विकास र सामाजिक रुपमा काम गर्ने शैलीलाई वडाका अन्य राजनीतिक दलले पनि प्रशंसा गर्ने गरेका छन् ।

युवा त्यसमा पनि काम गर्ने शैलीले आम मान्छेको मन जितेका छन् उनले । उनले भिन्न प्रकारको नयाँ काम गरेर बृद्धबृद्धाको पनि मन जित्दै आएका छन् ।

टोखाका स्थानीयहरु डंगोल जनप्रिय, लोकप्रिय, समाजसेवी, स्पष्टवक्ता साथै विभिन्न संघ संस्थामा काम गरेर प्रशस्त अनुभव बटुलिसकेका व्यक्ति भएको सुनाउँछन् ।

टोखाको स्थानीय विकासमा सबै भन्दा बढी कोही व्यस्त छ भने उही देवराज डंगोल नै हुन् । कारण उनी एक सफल विकासात्मक व्यक्ति हुन् । दिनरात भौतिक पूर्वाधार निर्माण, दैनिक कामकाजदेखि खेलकुद र वडावासीको व्यक्तिगत सहयोगमा समेत निरन्तर खटिरहेका र युवा माझ प्रेरणाको स्रोत बन्दै एक उदाहरणीय व्यक्तिको रुपमा परिचित छन् उनी ।

उनी जमानाका खेलाडी हुन् । क्लबको प्रतिनिधि हुँदै अथक परिश्रमले टोखाको विकासमा उनले ठुलो योगदान पुर्याएका छन् । उनी भन्छन्, “काम गर्दा चुनौतीहरु त धेरै आउँछन्, स्थानीयस्तरको विकास नै सम्रग मुलुकको विकास हो, म शासक हैन, जनताको सेवक भएर काम गर्नेछु ।”पहिलो पटक टोखामहोत्सव आयोजना गरि कोषाध्यक्ष को जीमेवारी लिएर धेरै रकम बचाउन सफल भएको पनि वताउछन डंगोल ।

शिक्षामा समेत उनले फरक रुपमा ठूलो सहयोग गरेका छन् । कसैले कोही बालबलिकालाई पढाइदिनु पर्यो भनेर आए भने सहयोग गरिहाल्छन् । यसरी उनले चार जनालाई पढाइसकेका छन् । उनले फोहर भएर आएका मजदुरका बच्चालाई कपालमा हाल्ने तेल, रिबन, साबुन, नेल कटर सबै स्कुलमा प्रदान गरे । अनि महिनामा एक पटक सबै विद्यार्थीलाई कपाल काट्ने अभियान पनि चलाए ।

उनी भन्छन्, “ त्यो अभियानले स्कुलका शिक्षक नै दङ्ग भए, शिक्षा भनेको पढेरमात्रै हुने होइन, सरसफाइमा ध्यान दिनु पनि शिक्षा हो, ति अभिभावकले मेरो छोरी घरबाट जाँदा फोहरी भएर गएका फर्किएर आउँछ सफा भएर आए कस्तो स्कुल हो भनेर छक्क परे ।” यस्तो कुरामा कसैको ध्यान नपुगेको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय