Monday 5 December 2022 / सोमबार, १९ मंसिर २०७९

कास्कीको साविकको शिशुवा वडा २ नम्वर हाल पोखरा महानगरपालीका २९ भण्डारढीकमा २०३६ सालमा जन्मिएकी कल्पना पौडेल घिमिरेले त्यहाँको श्री जनप्रकाश मा वि मा कक्षा १ देखि एसएलसी सम्मको स्कुले जीवन विताउनु भयो ।

उहाँलाई स्कुल पढ्दा देखिनै नर्सिङ पेसामा आवद्ध हुने हुटहुुटी थियो । कक्षा ८ मा हुदा एक्कासी विरामी भएर हस्पिटल भर्ना हुँदा अस्पतालमा चिरिच्याट्ट परेर नर्सले लगाएको ड्रेस, क्याप देखेर आर्कषण वढेको सुनाउनु हुन्छ ।

हुने विरुवाको चिल्लो पात भने झैँ स्कुल पढ्दा प्राय प्रथम स्थान हासिल गर्ने उहाँ जिल्ला स्तरीय होस वा अन्तर स्कुल विभिन्न कार्यक्रमहरुमा भाग लिएर सधै कुनै न कुनै पुरस्कार हात पारी रहने उहाा जुनसुकै काम गर्दा पनि स्कुल जीवनमा स्मरणयोग्य भएर अगाडी वढीरहनु भयो ।

शुरुवाती चरणमा आफ्ना इच्छा नर्स हुनेभए पनि बुबाको इच्छा पत्रकार (अंग्रेजी समाचार बाचिका) हुनुपर्छ र अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गर्नुपर्छ भन्ने थियो । तर उहाँलाई नर्स बन्ने धोकोले सधैँ कुत्कुत्याइरहन्थ्यो ।

वुवा शिक्षण पेशामा हुनुभएकाले बुबाले सन्तानको शिक्षालाई पहिलो प्राथमिकता राख्ने हुनाले एसएलसी पछिको पढाइमा वुवाको इच्छा अनुसार पोखराको पि.एन क्याम्पसमा आइ एडमा मेजर इंगलिस लिएर भर्ना हुनु भयो । कलेजको पढाइ चलिरहदानै त्यही सालको चैतमा नर्सिङमा प्रवेश परीक्षा खुल्यो । नभन्दै नाम निस्कियो पनि । “मेरो भित्रैदेखि इच्छा भएर नै त मेहनतले नाम निकालेंं”, त्यो क्षण सम्झँदै उहाँले भन्नुभयो । त्यसपछि तीन वर्षे नर्सिङ पढ्नुभयो । त्यतिवेला नर्सको रोजगारीको अवसर अलि सजिलो पनि थियो साथै रिजल्ट नहुदै सिकारु नर्सको रुपमा काममा लिइन्थो ।

त्यसै क्रममा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९९९ मे वाट आइसियू विभागमा नर्सिङं पेशाको अभ्यास थाले पछि १८ महिना काम गरे पछि घर नजिकै मणिपाल शिक्षण अस्पताल पोखरामा आवेदन खुले पछि स्टाफ नर्सको माग भयोे र आफ्नो अनुभवका कारण त्यसमा छनौट हुनुभयो र छिट्टै जागिर पनि शुरु भएको बताउनुभयो । धरानमा रहदा आइसियू वार्डमा काम गरेको अनुभवले उहाँ सजिलै काम हात पार्न सजिलो भयो । साथै २००१मा जागिर संगै त्यसै वर्ष तिलक वावु घिमिरे संग बिबाह भयो । त्यो बेला श्रीमान सैनिक अस्पतालमा एमविविएसको इन्टर्नसिप गर्दैहुनुहुन्थ्यो ।

समयको क्रमसँगै बच्चा हुने भएपछि मणिपालको जागिर छाडेर काठमाडौँ आउनुपर्यो । छोरा जन्मेको दुई महिनापछि नै उहाँले फेरि काठमाडौँ मेडिकल कलेजमा जागिर जोडीन पुग्नु भयो ।

काठमाडौं मेडीकल कलेजमा सर्जिकल र नियोनेटर आइसियुमा डेढ वर्ष काम गर्नुभयो । र फेरी श्रीमानको जागिर धरानमा सुरुहुने भएपछि उहाँ पनि संगै धरान जानु भयो र उक्त सिलसिलामा उहाले वी पी कोइराला स्वास्थ्थ विज्ञान प्रतिष्ठान धरानमा पहिला काम गरेको अनुभव मेहनत र इमानदारीताले पुन काम गर्ने अवसर पाउनु भयो । त्यसका लागि तात्कालीन नर्सिङ इन्चार्ज रोजी श्रेष्ठको उहाँलाई ठुलो प्रेरणा रहयो । “त्यसकारण उहाँलाई रोलमोडलका रुपमा सधै सम्झन्छु ।
नर्सिङ सेवा गर्दैगर्दा उहाँमा बिएन गर्नुपर्छ भन्ने सोच आयो । पूर्वाञ्चल विश्वविद्यालयवाट सन् २००७ मा बिएन गर्नुभयो ।

त्यसपछि भ्याली भित्रैको जागिर शुरु भयो । चक्रवर्ती हवि एजुकेशन एकेडेमी (कलेज अफ नर्सिङ साइन्स) भक्तपुरमा स्टाफ नर्सलाई पढाउन थाल्नुभयो । त्यस्तै आठ महिना पठाएको मात्रै के हुनुहुन्थ्यो, त्यसपछि त्यो भन्दा राम्रो अवसर आएकोले अध्यापनको काम छोडेर यू एन अन्तरर्गतको सस्था अन्तर्राष्ट्रिय आप्रवासि संगठन जुन भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनस्थापर्ना गथ्यो । त्यही सस्थामा २००८ देखि २०१३ सम्म काम गर्नु भयो । त्यहाँ काम गर्दा अन्तर्राष्ट्रिय स्तरका मानिसहरुको सहकार्यले धेरै कुरा जान्ने र शिक्ने अवसर प्राप्त भएको वताउनु हुन्छ ।

उक्त कामको ज्ञान र सिपले आफ्नैकाममा लागि पर्दा धेरै हौसला र सहयोग मिलेको पनि वताउनु हुन्छ । पैसा कमाउनु र अनुभव वटुल्नु मात्र ठुलो कुरा होइन रहेछ भन्ने मनमा लागेपछि आफ्नो अध्ययनलाई निरन्तरता दिन स्नातकोत्तर तहको डिग्री गर्नुपर्छ भनेर भारतको बैंगलोरस्थित राजिव गान्धि यूनिभसिटिअफ हेल्थ साइनसमा २०१३ सालको जुलाइमा भर्ना हुनुभयो ।

भारतमा पढ्न जानको लागि सोचेको जस्तो सहज त थिएन तर पनि श्रीमान र पारिवारीक सहयोगकका कारण २०१५ सालमा मास्टर इन साइन्स साइक्याट्रिक नर्सिङमा डिग्री हासिल गरी नेपाल फर्कनु भयो । अहिले म जहाँ छु, उहाँकै कारण हो” मेरो सफलताको श्रेय पनी उहालाईनै सर्मपित गर्न चहान्छु ।

त्यस पछि मास्टर्स सकेपछि उहाँले पोखराकोे निजी अस्पताल फिस्टेल हस्पिटल एण्ड रिर्सच प्रा.लीमा नर्सिङ डाइरेक्टर भएर काम गर्ने अवसर पाउनुभयो । विसं २०१६ मा जोडिएर करिब डेड वर्ष काम गर्नुभयो । त्यस पछि उहाले पोखराको जागिर छोडेर काठमाडौंमा फेरी ओम हस्पिटल तथा रिर्सच सेन्टर काठमाडौंमा नसिङ डाइरेक्टर रुपमै कामलाई निरन्तरता दिनु भयो ।

काठमाडौमा रहेर करियर र परिवार दुबैलाई सन्तुलनका साथ अगाडि बढाउनुपर्ने जिम्मेवारी वोधका कारण छोराछोरीको साथमा रहेर काम गर्दा साहै आनन्दको महसुस भयो ।
त्यस पछि श्रीमान र उहाको परिवारको सपनालाई साकार पार्नको लागि आफ्नो सिप र क्षमतालाई सदुपयोग गर्ने मनसायले कर्मभुमीको सेवाका लागि फर्कर्ने बाचासहित काठमाडौवाट २०१९ मा लमजुङ वेसी सहर जानुभयो । अहिले उहाँ उक्त अस्पताल निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ भने श्रीमान संस्थापक निर्देशक हुनुहुन्छ । विगत तीन वर्षदेखि उहाँ आफैँ सक्रियरुपमा अस्पताल निर्देशक भएर काम गरि रहनु भएको छ ।

“समग्रमा सबैभन्दा ठूलो आत्मसन्तुष्टी आफ्नै अस्पतालमा काम गरेपछि थाहा पाएँ”,उहाँ भन्नुहुन्छ, “कुल २५ शैयाको अस्पताल भए पनि बिरामीको भावनालाई अझ नजिकबाट आत्मसाथ गर्ने अवसर पाएँ, कति अस्पतालमा नर्स भेटिदैँन, तर आफैँ नर्स भएकाले पनि सानो गाउँमा पुगेर अस्पतालमा विरामीहरुको सेवा गर्न पाउँदा र उनीहरुको मुहारमा खुसी ल्याउदा गर्वको महसुस हुन्छ ।”

पेशागत आचारसंहितामा रहेर काम गर्दा छाँयामै बसेर पनि आत्मसन्तुष्टी हुने गरी काम गर्न रुचाउने उहाँ जुन अन्त काम गर्दा नपाएको सुनाउनुहुन्छ ।

अनुगमनमा आउँदा नर्स भएर परिचय गराउँदा यो टेवलमा कहिल्यै पनि नर्स देख्दैनौँ भनेर प्रतिक्रिया आउँदा गर्वको महसुस हुने उहाँले सुनाउनु भयो । कसरी पेरिफेरीमा फर्कनुभयो भनेर प्रश्न हुनेगर्छ । यो मेरो १०औँ संस्था हो भनेर उहाँले सुनाउनुहुन्छ । त्यस कुराले सबै छक्क पर्थे ।

“म जहाँ काम गरेको छु, फेरि दोहोरिएर काम गर्ने वातावरण तयार पारेको छु”, उहाँले थप्नुभयो, “एथिक्समा रहेर काम गर्छु, हाइलाइट हुनुपर्दैन स्याडोमा बसेरै काम गर्न रुचाउँछु ।”
सानो हस्पिटल भएका कारण कसैले डिमोटिभेट गरे पनि आफूले आफूलाई मूल्याङ्कन गर्दा गौरव नै अनुभुती हुने सुनाउनुहुन्छ ।

उहाँको छोरा पनि अब डाक्टर पढ्दैछन् । भोलीमा दिनमा सेवामा समर्पित पेसा भए पनि छोराको पालामा अझ जटिल प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । भने सानी छोरी हाल बूढानीलकण्ठ स्कुलमा अध्ययन गर्दै हुनुहुन्छ ।

उहाँ जुनसुकै क्षेत्रमा काम गरे पनि पैसा कमाउन सक्ने समय आएको छ र इमेज जहाँ पनि बनाउन सकिन्छ भन्नुहुन्छ । उहाँ छोराछोरी लगायत समाजका भावि पुस्तालाई पैसा कमाउनु मात्र ठुलो कुरा होइन गुणस्तरीय स्वस्थ्थकर जीवनयापन पनि चाहिन्छ भनेर सम्झाउनु पनि हुन्छ । साथै आफुले कसैलाई नराम्रो नगरीकन पनि आफू राम्रो भएर अगाडी वढ्न सकिन्छ भन्ने कुरा सबैमा बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय