Tuesday 22 April 2025 / बुधबार, १० बैशाख २०८२

हेटौँडा, ७ कार्तिक । हेर्दै स्वर्गीय आनन्द लाग्ने ठाउँ । मुलद्धारा देखिनै झकिझकाउ । विजुलीमा प्रकृतिका रङ मिसिएर देखिएकोे सप्तरङगीले पुलकित बनाउँछ । अझ दिपावली प्रवेश गरेपछि अर्कै उत्सवमय बन्न पुगेको छ ।

झिलीमिली वत्तीले शोभा थपिदिएको बगैँचामा खेल्दै गरेका चराचुरुङ्गी, पुतली र भमराले सुगन्ध तानिरहेको छ । यती सुन्दर र मनै लोभिने ठाउँ हो परोपकारी उदारमनाहरुको सहयोगमा हेटौँडा ९ लामसुरेधापमा बनेको मानवसेवा आश्रम अर्थात मानवियताको मन्दिर ।

जहाँ परिवार वा आफन्तले सडकमा लगेर फ्याँकेका र मनोरोगलगायत विभिन्न कारणले आफैँ पनि सडकमा आइपुगेर हेलत्वको जीवन गुजार्न विवस मानिसहरुले खाना, नाना र छाना पाइरहेका छन् ।

यस मानवीय मन्दिर निर्माणका लागि थोरै नेपाल सरकारको अनुदान र अधिकांश परोपकारी नेपाली मनहरुको हृदयदेखिको सहयोग छ ।

आश्रमका अभियन्ताहरुले परोपकारी मनलाई पगालेर अथक मेहनतका साथ तयार पारिएको हो उक्त मानवियताको मन्दिर । आश्रमलाई अहिलेको अवस्थामा ल्याउन श्रीमतभागवत ज्ञान विज्ञान अनुष्ठान, मह जात्रा, रविन्द्र मिश्रका कविता वाचनलागाएत अनेकौं कार्यक्रमहरु आयोजना गरिएको थियो ।

अहिले यहाँ २०० जना वेसहाराहरु संरक्षित हुनुहुन्छ । महिला र पुरुषका लागि छुट्छाछुट्टै भवन छ । आश्रमको दुरदर्शी योजनाअनुसार उहाँहरुका लागि दुध खुवाउन गाइपालन गरिएको छ । अर्गानीक तरकारीका लागि करेसाबारी छ । फलफूलका विरुवा समेत रोपिएकामा केही फल्न थालिसकेको छ ।

आश्रमबाट उत्सर्जन हुने फोहोरलाई व्यवस्थापन गरी एकातर्फ गड्यौंला उत्पादन गरिएको छ भने अर्कातर्फ शौचको सदुपयोग गरी गोवर ग्यास निर्माण गरी फोहोरलाई इन्धनमा रुपान्तरण गरिएको छ ।

आश्रम अगाडि मानवेश्वर धाम बनाउने तयारी थालिएको आश्रमका अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । त्यसका लागि बागमती प्रदेश सरकारबाट एक करोड विनियोजन भएको छ । रिफ्रेसमेन्ट सेन्टरलगायत साँझ गङ्गा आरती गर्ने स्थानसमेत बनाउन लागिएको छ । यस्तै आश्रम परिसरमा नै ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउने तयारी छ ।

वृहत र दीर्घकालिन योजनासहित बनेको यो मानवसेवा आश्रमको केन्द्रीय कार्यालय मानवीयताको मन्दिर नभएर अरु के होला ?

हाल यहाँ आश्रित व्यक्तिहरुले बारीमा श्रमदान पनि गर्दै आउनुभएको छ । यहाँबाट उत्पादन भएको फोहरबाट गडौँला खेती र इन्धन बचतका लागि गोबर ग्याँस समेत निर्माण गरिएको छ ।

हाल देशभर भाडामा रहेको मानवसेवा आश्रम आफ्नै भवन निर्माण गरी सर्ने योजनासहित गृहकार्य भइरहेको छ ।

हेटौँडा बजार नजिकै (१५ मिनेटको दुरी) हेटौडा ९ लामसुरेधापमा रहेको आश्रमबाट आजमात्रै चार जनालाई पारिवारिक मिलनका लागि भारत पठाइएको आश्रम प्रवक्ता सुमन वर्तौलाले बताउनुभयो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय