Sunday 6 October 2024 / आईतवार, २० आश्विन २०८१

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले केपी शर्मा ओलीले संसद् विघटन गरेर २७५ सांसदमाथि बम ‘ब्लाष्ट’ गरेको टिप्पणी गरेका छन् ।

संसद् विघटनलाई अक्टोबर ३, १९९७ मा रुसी संसदमा भएको बम विस्फोटसँग तुलना गर्दै उनले नेपालमा रुसी संसदको बम विस्फोटको घटना नयाँ रुपमा प्रकट भएको बताए । ३ अक्टोबर, १९९७ मा रुसको संसदमा बम विस्फोट भएको थियो । विस्फोटमा १९३ जना मारिएका थिए भने ४३३ जना घाइते भएका थिए ।

“त्यहाँ बम विस्फोट गरेर सांसदहरुको हत्या गर्ने र संसद भंग गर्ने काम भयो”, जनसांस्कृतिक महासंघ नेपालको कार्यक्रममा नेता पाण्डेले भने ‘यहाँ व्यक्तिहरु त मारिएनन्, तर २७५ जनाको प्रतिनिधिसभामा केपी ओलीजीले बम ब्लास्ट गरिदिए र प्रतिनिधिसभा विघटन गरे ।” उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुसी नेता मिखाइल गोर्भाचोभसँग तुलनासमेत गरे ।

“७१ वर्ष पनि कम्युनिस्टहरुका लागि त्यस्तै रहेछ कि जस्तो लाग्छ” उनले भने, “रुसमा ७१ वर्षमा सोभियत संघ र कम्युनिस्ट पार्टीलाई विघटन गर्ने चेष्टा गरियो । त्यसको पात्र गोर्भाचोभ थिए । आज नेपालमा त्यही ७१ वर्षकै समयमा दुई तिहाईको छेउछाउमा पुगेको नेकपालाई अर्काे रुपले त्यही बाटोमा केपी ओलीले लैजान खोजेका छन् ।”

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय