Thursday 28 March 2024 / बिहीबार, १५ चैत्र २०८०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत पुस ५ गतेदेखि आन्दोलित छ । प्रतिनिधिसभा विघटनसम्बन्धी हाल मुद्दा सर्वोच्च अदालतमा विचराधीन छ ।

सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा प्रतिनिधिभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गर्दै संसद् पुनःस्थापना नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए शान्तिपूर्ण आन्दोलन हुँदै जनविद्रोह हुन्छ ।”

उहाँले सडकमा आएका जनताका आवाजलाई सुन्न आग्रह गर्दै जनताको आवाजलाई संवैधानिक निकायले पनि सुन्नुपर्ने जिकिर गर्नुभयो । “शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन”, उहाँले भन्नुभयो, “हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो ? अब शान्तिपूर्ण विद्रोह ‘ग्रिन रिभोलुसन’ हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।”
नेकपामा विवाद देखिएसँगै ध्रुवीकरण शुरु भएको जिकिर गर्दै अध्यक्ष दाहालले पार्टीबाट बाटो विराएकाहरु ढिलोचाँडो आफूहरु भएकै ठाउँमा आउने बताउनुभयो । उहाँले आफ्नो समूहमा फर्कनको सूची निकै लामो रहेको दाबी गर्नुभयो ।

भिडियो ः सुजीत खनाल

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय