Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ, नेपालका २७ वाणिज्य बैंकहरु पछिल्लो समय कर्जा लगानी गर्न भन्दा बढि समय क्यू आर कोडबाट भुक्तानी गर्ने काममा लागि परेका छन् भन्दा अब चाहि फरक पर्दैन ।

देश भरीका तरकारी पसलमा क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्न २७ वाणिज्य बैंकहरुले गर्भनर महाप्रसाद अधिकारीकै प्रमुख अतित्थ्यतामा उद्घाटन गरि शुरुवात गर्न होडवाजी चलाएका छन् भन्दा फरक पर्दैन । प्रायः सबै वाणिज्य बैंकहरुले क्यू आर कोड भुक्तानी प्रणालीको शुरु गरेका छन् । राष्ट्र बैंकले निर्देशन नै दिए पछि वाणिज्य बैंकहरुले यो सेवालाई आक्रमक रुपमा अगाडी बढाएको देखिन्छ ।

गभर्नर महाप्रसाद अधिकारी कहिले मन्दिरको भेटी क्युआर कोडबाट भुक्तानी गरेको फोटो सार्वजनिक गरेका छन्, भने कहिले टेम्पो भाडा पनि त्यसैगरी तिरिरहेको देखिन्छन् । भन्दा फरक पर्दैन ।

गभर्नर अधिकारीले चालु वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै क्युआर कोड लगायतका विद्युतीय कारोबार प्रवर्द्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गर्ने घोषणा गरे । यसबाहेक विद्युतीय कारोबार प्रवर्द्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था मिलाएका छन् । भन्दा फरक पर्दैन ।

करिब डेढ महिनाअघि निजी क्षेत्रले तयार पारेको पुर्वाधारलाई गभर्नरले उपयोग गर्न बैंकहरुलाई हौस्याइरहेका छन् । नेपाल राष्ट्र बैंकको अग्रसरतामा वाणिज्य बैंकहरुले राजधानीका ठूला तरकारी तथा फलफूल बजारबाट क्यूआर कोड भुक्तानी संचालनमा ल्याएको देखिन्छ ।

गत पुस १० मा गर्भनर महाप्रसाद अधिकारीले नक्साल तरकारी तथा फलफूल बजार पुगेर क्यूआर कोडबाट भुक्तानी सेवा शुभारम्भ गरेका थिए । यसअघि पनि विभिन्न किसिमका खुद्रा व्यापार आउटलेटहरुका साथै होटल तथा रेस्टुरेन्टहरुले पनि फाट्टफुट रूपमा क्यूआर कोडबाट भुक्तानी सुविधा संचालनमा नल्याएका होइनन् । तर राज्यस्तरकै सक्रियतामा खुद्रा बजारमा सामुहिक रूपमा क्यूआर कोडबाट भुक्तानी सेवा कार्यान्वयनमा ल्याइएको यो नै पहिलो घटना हो ।

तरकारी बजारहरुमा नगद कारोबारलाई न्यून गर्दै विद्युतीय भुक्तानी विस्तारमा फोनपे र सानिमा बैंकको सहकार्यमा क्यूआर कोड भुक्तानी सुरु भएको थियो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको केन्द्रिय कार्यालय र शाखानजिक रहेका तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा राख्न बैंकहरुलाई निर्देशन दिएसँगै यसले व्यापकता पाउँदै गएको छ । त्यसैको परिणामस्वरुप पछिल्ला केही हप्तायता राष्ट्र बैंकका गभर्नरदेखि बैंकका उच्च तहका कर्मचारीहरु समेतको उपस्थितिमा तरकारी तथा फलफूल बजारहरुमा क्यूआर कोड भुक्तानीको थालनी गरेको भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय