सृजना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रमहरु मध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शो भव्य रुपमा सम्पन्न भएको छ । हरेक पटक पृथक प्रस्तुतिकरणमा चिनिंदै आएको ग्राजुएसन फेसन शोको पछिल्लो संस्करणमा पहिरनको सृजनामा विशेषता त थियो नै ती सृजनालाई प्रस्तुत गर्नका लागि अँगालिएको तरिका पनि उक्तिकै सम्झिन लायकको थियो । नेपाली फेसन कार्यक्रममा संभवतः पहिलो पटक रनवेलाई रिभल्भिङ अवधारणामा प्रस्तुति देख्न पाइएको थियो । कार्यक्रमको क्रिएटिभ वेयरको प्रस्तुतिमा ¥याम्पको एउटा निर्देशित स्थानमा मोडल उभिने वितिकै सो स्थानलाई रिभल्भिङ संयन्त्रको प्रयोगबाट आफैं निर्देशित गतिमा गोलाकार रुपमा घुम्ने गरी व्यवस्था गरिएको थियो । यो दृष्यले उपस्थित दर्शकदीर्घालाई निकै रोमाञ्चित बनाएको थियो । क्रिएटिभ डे«ेस पहिरिएका मोडलकै हुबहु पहिरनशैलीमा करिब तीन फिट अग्लो पूतली पनि रनवेमा प्रस्तुत गरिएको थियो । जुन दृष्य पनि नेपाली फेसन रनवेमा देख्न पाइएको फरक स्वाद थियो ।

१७औं संस्करणको रुपमा प्रस्तुत गरिएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘कल्पनम् सत्यतात्’ शीर्षकमा अनुभव गर्न पाइएको थियो । गत चैत २३ गते बिहीबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ८३ जना नै थिए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई ¥याम्पमा देख्न पाइएको थियो ।

२७ जना युवती मोडलहरु र ६ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न भएकोे उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७ औं ब्याचका ८३ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा सम्पन्न भएको थियो भने कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए ।

करिब तीन घण्टासम्मको कल्पनम् सत्यतात्को यात्रामा कृस्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रिी अफ एड्भर्सिटीका पहिरन अनेकौं स्वरुपहरुलाई साक्षात्कार गर्न पाइएको थियो । ब्ल्याक स्वानको अवधारणामा क्रिप अन् डार्क, ग्राफिटीमा आधारित ग्रिफोनेज्, ग्लो इन डार्कमा केन्दि«त नियन परेड तथा एक्लेटिक् अवधारणामा एसिन्ट्रिक एज् कलेक्सनलाई अवलोकन गर्न पाइएको थियो ।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित दोस्रो संस्करणको फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो । सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो ।

उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द« सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेको थिए ।


























