Thursday 20 August 2026 / बिहीबार, ४ भाद्र २०८३

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि काठमाडौंको वसन्तपुरमा आजदेखि फोटो प्रदर्शनी गरिएको छ ।

नेपाली नयाँ वर्ष २०८० र नेपाल पर्यटन महोत्सवको अवसरमा नेपालका उत्कृष्ट पर्यटकीय स्थलका सुन्दरता झल्किने फोटो प्रदर्शनीमा राखिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेले आयोजना गरेको प्रदर्शनी शनिबारसम्म चल्नेछ ।

फोटो प्रदर्शनीमा १५ फोटो पत्रकार र फोटोग्राफरका उत्कृष्ट ६० तस्बिर प्रदर्शनीमा राखिएको फोटो प्रदर्शनीका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय