Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं – मंगलबार सेयर कारोबारमा व्यापक उतारचढाव भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको थियो ।

दिउसो एक बजे ८७ अंकले घटेर २ हजार ५ सय १९ अंकमा झरेको को नेप्से विस्तारै सुधार हुँदै गएको थियो । कारोबार बन्द हुँदा नेप्से परिसूचक २ हजार ५ सय ८६ दशमलव ५१ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ ।

कारोबार रकम साढे ८ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ८३ हजार ३५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँ पुगेको छ ।

व्यापार समूह २६ दशमलव ७३ अंकले बढेको छ भने नेप्सेमा कारोबार हुने अन्य सबै समूह घटेर राताम्मे देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय