Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

तेह्रथुम, फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ ।

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिनुभयो । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताउनुभयो ।

आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट हँुदा रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो । बिहान १०ः०० बजे शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय