हाम्रो धेरैजसो समय स्क्रिनमा बित्ने गर्छ । बिशेस गरेर मोबाइलको प्रयोग बढदै जाँदा ‘स्क्रिन टाइम’ लम्बिएको हो । त्यससँगै कम्प्युटर, ल्यापटपमा पनि हामी अधिक समय बिताउने गर्छो । यसले हाम्रो आँखालाई सबैभन्दा बढी प्रभावित गरेको छ । त्यसमाथि प्रदूषण, खराब जीवनशैलीले समेत आँखाको दृष्टि कमजोर हुँदै गएको छ ।
आँखालाई कसरी स्वस्थ राख्ने त ? यसका सरल तरिकाहरु
१.. नियमित जाँच
आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ । यदि तपाईंको आँखाको प्रकाश बिल्कुल ठिक छ र पढ्न–लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच गराउनुपर्छ । नियमित आँखा जचाउनाले विभिन्न रोगबाट बच्न सकिन्छ।
।
२. राम्रो/पोसिलो खानपान
खानपानमा राम्रो ध्यान दिन सकेको खण्डमा आँखाको दृष्टिलाइ राम्रो बनाउन सकिन्छ। किनभने खानपानसंग आँखाको सम्बन्ध दृष्टिसँग पनि हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जसले आँखाको दृष्टि क्षमता बढाउन सहयोग गर्छ । जस्तो कि, माछा, पालुङ्गो साग, फल एवं हरियो सागपात ।
३.आँखा झिम्क्याइरहने
परेला झिम्क्याइरहनुले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाट आँखा तरोताजा र तनावमुक्त रहन्छ । कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन् । यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ ।
४. आँखाको ब्यायाम
आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुपर्छ र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुपर्छ । यसो गर्दा आँखाको तनाव कम हुन्छ ।
५ पानी छर्कने
समय–समयमा सफा पानीले आँखा धोइरहनुपर्छ । यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने गर्नुपर्छ ।


