लसुन प्राय गरि सबै नेपालीको घरमा सजिलैसंग पाउन सकिने मसला हो। यो नेपाली भान्सामा नभइ नहुने मसला मध्ये एक पनि हो । विशेषगरि मसलाका रुपमा प्रयोग गरिने भएपनि लसुनलाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । लसुन स्वास्थ्यका लागि लाभादायिक मानिन्छ । हामीलाई विभिन्न रोगहरुबाट बच्न पनि लसुनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ
खाली पेटमा लसुना खाँदा मिल्ने फाइदाहरु,
पाचन प्रणालीमा सहयोगी
लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बलियो बनाउन सहोयोग गर्दछ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।
रुघाखोकी लाग्दा आराम मिल्छ
सामान्य रुघाखोकीलाइ लसुन लाभादायिक हुन्छा। लसुन रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि प्राकृतिक औषधीका रुपमा मानिन्छ । यसले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहयोग गर्छ ।
पेट सम्बन्धी समस्याबाट मुक्ति
पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ ।


