गोकर्ण पौडेल,
काठमाडौँ,नेपालको लागि आधिकारिक विक्रेता प्यान्टम नेपाल कम्पनिले अहिले ६ किसिमका प्रिन्टर एकैसाथ पहिलो पटक सार्वजनीक गरेको छ ।
नेपालि ग्राहकलाई लक्षित गर्दै न्युनतम बजार मुल्य १७७०० देखि अधीकतम ३०००० बजार मुल्य सम्मका प्रीन्टर हरु अहिले नेपालमा भीत्राइएको प्यान्टम नेपालका प्रबन्ध निर्देशक सुमित खड्काले जानकारि दिनुभयो । यो प्रीन्टरमा अरु प्रीन्टरमा भन्दा नयां फिचर समेत थपिएको, सबै विन्डोजमा सपोर्ट गर्ने , सजिलो संग सेटअफ गर्न सकिने,ग्राहक आफैले सजिलो संग रिफल गर्न सकीने, स्क्यान गरेको डकुमेन्ट सिधै युएस्वि डिभाइसमा स्टोर गर्न सकीने जस्ता फिचर यो पाउन सकिने पनि उहाँले जानकारि दिनुभयो ।


