यमनको दक्षिणी शहर अदन स्थित विमानस्थलमा भएको विष्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
विष्फोटमा ५० भन्दा बढी मानिस घाइते भएका छन् । सुरक्षा अधिकारीहरूका अनुसार नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अवतरण भएलगत्तै त्यहाँ विष्फोट भएको थियो ।
विष्फोटमा मारिएकाहरूमा अधिकांश सहायक कर्मचारी र अधिकारी रहेका छन् । यमनका प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्यहरू सकुशल रहेको जानकारी दिएका छन् ।
सूचना मन्त्रीले हमला हूती विद्रोहीले गरेको आरोप लगाएका छन् । हमला कायरतापूर्ण भएको उनको भनाइ छ।सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो।