Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

स्याङ्जा डेंगु सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आज ज्यान गएको छ।

डेंगु सङ्क्रमण देखिएपछि वालिङ-१३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखाले जनाएको छ।

गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेंगु देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय