Tuesday 6 October 2026 / मंगलवार, २० आश्विन २०८३

काठमाडौं, रोजगारीका शिलशिलामा मलेसियाबाट ज्यान गुमाएका १२ युवाको शव आज (आइतबार) एकैपल्ट नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सबाट १२ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई पुर्‍याइएको हो ।

मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो । भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका दुई जनासहित १२ युवाको शव नेपाल ल्याइएपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि श्रद्धाञ्जली अर्पण गर्न त्रिभुवन विमानस्थल पुगेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले वैदेशिक रोजगारीमा गएका १२ नेपाली युवा बाकसमा फर्किनु दुःखद भएको उल्लेख गरेका छन् । आइतबार विमानस्थलमै पुगेका डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय