Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं : देवादिदेव भगवान महादेवका यिनै महत्व सहितको अत्यन्त श्रवणीय भजनमा आफ्नो मधुर संगीत दिएकी छिन् बबिना भट्टराईले भने स्वर दिएका छन् बैकुण्ठ प्रधानले, उक्त भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको विशेष अवसरमा वीणा भक्ति आध्यात्मिक युट्व च्यानल मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् । महाशिवरात्रीको सन्दर्भ विशेषमा आएको शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको गायक बैकुण्ड प्रधानले बताएका छन् ।

भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्राईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्राईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय