काठमाडाैं, पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावाना दूत भएकी छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो। सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि एचपीभी खोप अभियान सञ्चालन गर्दैछ ।
यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप दिने सरकारको तयारी छ ।नेपालमा हरेक दिन औसतमा ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्याङ्क छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ ।
