Wednesday 28 October 2026 / बुधबार, १२ कार्तिक २०८३

काठमाडौं, नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएपी) र काठमाडौं क्यान्सर सेन्टरले काठमाडौंमा एक कार्यक्रमबीच‘विश्व क्यान्सर दिवस’ मनाएको छ । सोही अवसरमा एमेज एफएम ९७.९ बाट प्रासारित हुुने कार्यक्रम ‘ब्रिङ द हाउस डाउन’को २६ औँ वार्षिकोत्सव केक काटेर भव्यरुपमा मनाइएको थियो । ‘ब्रिङ द हाउस डाउन’लाई चर्चित हिपअप गायक निर्णय श्रेष्ठले २६ वर्षदखि सञ्चालन गर्दै जानकारी दिएका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल र उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा होटल होलिडे,टंगालमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्व, पत्रकार, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वास्थ्यमन्त्री पौडेल र उपसभामुख राना मगरले संयुक्तरुपमा उद्घाटन गर्दै क्यान्सर रोग निवारण तथा नियन्त्रणबारे आफ्नो धारणा राखेका थिए । स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर रोकथाम तथा समयमै उपचारका लागि सरकारले नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेको उल्लेख गरे
क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउँदै उनले भने, ‘नेपाल सरकारले क्यान्सर रोग निवारण तथा रोकथामको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ र अझै गर्न धेरै बाँकी छ।’ उनले नेपालमा क्यान्सर रोगबाट दैनिक चार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको पनि जानकारी दिए ।

यस्तै, उपसभामुख राना मगरले क्यान्सर पीडितको सेवाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । उनलेसमुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार, गैरसरकारी संस्था तथा जनसाधारणले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा क्यान्सर रोगबारे चेतना जोगाउन आवश्य बताउँदै नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सर निवारण तथा रोकथामबारे गर्दै आएको क्रियाकलापको प्रशंसा गरिन् ।कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आधिकारिक वेबसाइट जततउकस्ररलअलउ.यचन.लउ समेत लञ्च गरिएको थियो । वेबसाइटको प्रमुख अतिथि स्वास्थ्यमन्त्री पौडेल र उपसभामुख राना मगरले शुभारम्भ गरेका थिए । उक्त वेबसाइटले क्यान्सरसम्बन्धी जानकारी, रोकथामका उपाय, उपचारका विधि, प्रतिष्ठानका गतिविधि तथा विभिन्न अनुसन्धानहरू उपलब्ध गराउने बताइएको छ ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सिमित सापकोटाले मिडिया अन्तक्र्रियाको क्रममा क्यान्सरसम्बन्धी विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए । उनले क्यान्सरको रोकथाम, शीघ्र पहिचान, उपचार प्रविधि र सरकारी सहकार्यबारे महत्वपूर्ण जानकारी दिएका थिए । समाजसेवी दिवाकार राजकर्णिकरले क्यान्सर लाग्दैमा डराउन नहुने बताए । उनले बेलैमा औषधी उपचार गरे विराम निको हुने बताए । कार्यक्रममा क्यान्सर रोकथाम तथा उपचारमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय