Wednesday 28 October 2026 / बुधबार, १२ कार्तिक २०८३

बैतडी, जिल्लामा डेङ्गु संक्रमणको जोखिम तीव्र हुँदै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म ७ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३ जना दशरथचन्द नगरपालिका, २ जना पुचौडी नगरपालिका, र १/१ जना मेलौली तथा पाटन नगरपालिकामा भेटिएका छन्।

यसपछि स्वास्थ्य कार्यालयले “लार्भा खोज र नष्ट गर” अभियान सञ्चालन गरेको छ । वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम र नियन्त्रणका लागि जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान चलाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय