Saturday 10 October 2026 / शनिबार, २४ आश्विन २०८३

काठमाडौं, यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ।बडादसैंको घटस्थापनाको अवसर पारेर निर्माण ब्यानर अनन्या फिल्मस्ले सोमबार ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरेको हो।
गीतको भिडिओमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू भिडिओमा कैद गरिएको छ। उच्च मेकिङ र कलरफूल देखिने भिडिओमा कोरियोग्राफी किरण थापाको छ।

थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’ को रूपमा चित्रित गराएका छन्। गीतका शब्द र भिडियोमा समावेश दृश्यहरू प्रेमिल छन्। आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर रहेको गीतको शब्द तथा संगीत जयन जे। वाइबाको हो।

सुयोग गुरूङको निर्देशनमा तयार ‘जेरी अन टप’ मा अनमोल र आँचलसँगै जसिता गुरूङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ। अभिनेत्री सुरक्षा पन्त पनि विशेष भूमिकामा छिन्।सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन्। फिल्मको कथा हेमराज बिसीको भने विश्वास तिम्सिनाको पटकथा छ।

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन्। भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्। छायांकन दुलिप रेग्मीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको छ। सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा यो फिल्म आधारित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय