काठमाडौंँ, स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री आइपुगेको छ ।
नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगको स्वरुप ल्याउनु भएको हो ।
राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पिपिई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौंँ आइ पुगेको हो । उक्त सामाग्री राजदुतले स्वास्थमन्त्री लाई हस्तान्तरण गर्नु भयो ।



