Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

ललितपुर , ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ ।

विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी गराएकी थिइन् ।

त्यसपश्चात अभिभावक एवं शिक्षकसहित बसेको बैठकमा पनि शिक्षक एवं अभिभावक सबैले सक्दो सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।

अभिभावक र शिक्षकसहित बसेको बैठकपछि राति विद्यालय बन्द गर्ने औपचारिक इमेल आएको अभिभावकले बताए ।
विद्यालयलाई संकट परेको भए हामी अभिभावक, शिक्षक सहयोग गर्न तयार छौं । विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य जोखिममा नपारौं भनेर अनुरोध गरिरहेका छौं,’ भने शिक्षकहरु र अभिभावहरु एक आपसमा जुममिटिङमार्फत छलफल गर्दै छन स्कुल वचाउनको लागि भन्छन शिक्षकहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय