Wednesday 28 October 2026 / बुधबार, १२ कार्तिक २०८३

काठमाडौं, वल्र्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन ५ सदस्यीय खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेका छन् । अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडी सहभागी हुने छन् ।

पुरुषमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर रहेका छन् । खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबारै बिदाइ गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय