काठमाडौँ, छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।
पछिल्ला वर्षमा उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा विशेष तयारी गरिएको छ ।
चार दिनसम्म मनाइने छठ पर्वमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा रहेको छ ।


