
शव्द/तस्बिरहरू : प्रदीपराज वन्त
नम्रता श्रेष्ठ यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२०’ को ताज पहिरिन सफल भएकी छन् । काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंसिर २० गते आयोजित कार्यक्रममा उनलाई गत वर्षका विजेता अनुष्का श्रेष्ठले ताज पहिराइन् । ‘मिस नेपाल’ उपाधि दौडमा नम्रताको यो दोस्रो सहभागिता हो । ‘मिस नेपाल–२०१६’ मा अन्तिम पाँचसम्मको यात्रा तय गरेकी उनले आफ्नो दोस्रो प्रयासमा अब्बल नतिजा ल्याइन् । संयोगले यो वर्ष पनि नम्रताको ‘मिस नेपाल २०१६’ को प्रतियोगी नं. १८ नै परेको थियो ।
गोरो वर्णकी २३ वर्षीया नम्रता किन्डरगार्टेन शिक्षिकाका रूपमा उनी कार्यरत छिन् । यो प्रतियोगितामा ‘मिस इन्टिलेक्चुयल’ र ‘मिस कन्फिडेन्ट’ अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरिन् । समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी उनी भविष्यमा सफल शिक्षाविद् बन्न चाहन्छिन् ।

प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफलमध्ये टेलिभिजनकर्मी समेत रहेकी काठमाडौं निवासी २४ वर्षीया सुप्रिया श्रेष्ठले ‘मिस नेपाल अर्थ २०२०’ को ताज पहिरिन सफल भइन् । उनलाई ‘मिस नेपाल अर्थ २०१९’ की विजेता रिया बस्नेतले ताज पहिर्याएकी थिइन् ।
यसैगरी, प्रतियोगितामा ‘मिस नेपाल इन्टरनेसनल २०२०’ को उपाधिको हकदार बनिन् सन्ध्या शर्मा । महोत्तरीकी २४ वर्षीया सन्ध्याले फरेस्ट्रीमा स्नातक गरेकी छिन् । सन्ध्याले प्रतियोगितामा ‘वुमन अफ सब्सटेन्स’, ‘मिस पपुलर च्वाइस’ र ‘ब्युटी विथ अ पर्पस’ को अवार्ड पनि जित्न सफल भइन् । ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि भने सिमल कनौजियाले जितिन् । मिस नेपाल वर्ल्ड २०२०’ विजेताले जस्तै ‘मिस नेपाल अर्थ’, ‘मिस नेपाल इन्टरनेसनल’ तथा ‘मिस नेपाल सुप्रानेसनल ।





तस्बिरहरू : प्रदीपराज वन्त


