मोरङ, १० भदौं , नेकपा एमाले विभाजनको असर देशका सबै प्रदेशमा देखिन थालेको छ । एमालेका दोस्रो तहका १० नेता एमालेमा फर्किएपछि प्रदेश–१ को सरकार पनि फेरिने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको भोलिपल्ट प्रदेश–१ मा शेरधन राईले करिब साढे तीन वर्ष लामो सत्ता यात्रा टुंगाउन लागेका हुन् ।
राईले आफ्नो सत्ता यात्रालाई टुंगोमा पुर्याउन आज (बिहीबार) बिहान एमाले प्रदेश–१ संसदीय दलको बैठक बोलाएका छन् । बिहीवार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्नुअघि नै प्रदेशमा संसदीय दलको बैठक बसेर दल नेता परिवर्तन गर्ने योजना एमालेमा छ । बिहीबार संसदीय दलको बैठकका लागि ठीक पर्नु भन्ने जानकारी प्रदेशका एमालेका सांसदलाई नेतृत्वले दिइसकेको छ ।



